गुणस्तरीय सेवा प्रवाह र सुशासनमा उल्लेख्य प्रगति गर्नका लागि अध्यादेश ल्यायौँः उपप्रधानमन्त्री पौडेल


१० माघ २०८१, बिहीबार १४:३० मा प्रकाशित



काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गुणस्तरीय सेवा प्रवाह र सुशासनमा उल्लेख्य प्रगति गर्नका लागि अध्यादेश ल्याइएको बताउनुभएको छ ।


बिहीवार काठमाडौंमा राष्ट्रिय वाणिज्य बैंकको ६० औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बतउनुभएको हो । उहाँले समयको अभाव र काम गर्नैपर्ने दबाबका कारण अध्यादेश ल्याइएको बताउनु भयो ।

उहाँले मुलुकको अर्थतन्त्र केही समय अघिदेखि दबाब र चापमा रहँदै आएको उल्लेख गर्दै अर्थतन्त्रका समस्याहरुलाई चिन्दै, चिर्दै र समाधान गर्दै अघि बढ्ने कोशिस गरिरहेको बताउनु भयो । उहाँले समग्र अर्थतन्त्रलाई गतिशिल,चलायमान बनाउने र उत्पादन, उत्पादकत्व वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने र सबल राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्ने अभियानमा तिब्रताका साथ सरकार लागिरहेको बताउनु भयो ।

उहाँले अहिलेको सरकारले कुनै औषत काम गरेर एउटा सरकारको सूचिमा अर्को एउटा सरकार भएर दिन बिताउने पक्षमा नरहेको बताउनु भयो । उहाँले अर्थतन्त्रका क्षेत्रमा रहेका समस्याहरुको प्रभावकारी समाधान गर्ने पक्षमा सरकार रहेको बताउनु भयो । आन्तरिक र वाह्य लगानी लगानी अभिवृद्धि गर्ने, उत्पादन, उत्पादकत्व वृद्धि गर्न अध्यादेश ल्याइएको बताउनु भयो । 


उपप्रधानमन्त्री पौडेलले वर्तमान सरकारले गुणस्तरीय सेवा प्रवाह र सुशासनमा काम गर्न चाहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here