काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुुलुकको अर्थतन्त्र र बैंक दुवै डुब्न नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
आईतवार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री पौडेले यस्तो प्रतिवद्धता जनाउनुभएको हो । उहाँले पछिल्लो समय कतिपय मानिसहरुले बैंक र अर्थतन्त्र दुवै डुब्दै गएको अफवाह फैल्याउने काम गरेको बताउनु भयो ।
उहाँले अर्थतनको बारेमा नकारात्मक टिप्पणी गर्ने आदत रहेकाहरुले यस्तो नकारात्मक सन्देश फैल्याएको भन्दै वर्तमान सरकारले अर्थतन्त्र र बैंकलाई डुब्न नदिने प्रतिवद्धता जनाउनु भयो । उहाँले पछिल्लो समय अर्थतन्त्रमा निरन्तर सुधार हुँदै आएको तथ्याङ्कहरुले पुष्टि गरेको भन्दै कुनै नकारात्मक टिप्पणीले अर्थ नराख्ने बताउनु भयो ।
अर्थतन्त्र डुब्यो भनेर नकारात्मक हल्ला गर्नेहरुको पछि कोही पनि लाग्न नहुने बताउनु भयो । उहाँले सञ्चार जगतले पनि नकारात्मक कुरालाई प्रवद्र्धन नगर्न आग्रह गर्नुभयो । उहाँले बैंकहरुमा तरलता थु्रपिएर बसे पनि पछिल्लो समय लगानीमा सुधार हुँदै आएको बताउनु भयो ।
उहाँले सरकारले बैंकमा संकलन भएको निक्षेप उत्पादन,उत्पादकत्व र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्ने प्रयास पनि गरिरहेको बताउनु भयो । उहाँले सरकारले पुँजीगत खर्चमा गुणात्मक सुधार गर्न जरुरी रहेको बताउनु भयो ।
उहाँले पूर्वाधार निर्माणमा समय,लागत र गुणस्तर सुनिश्चित गर्ने विषयमा विशेष ध्यान दिन आवश्यक रहेको बताउनु भयो । उहाँले सरकारले निर्वाह गर्नुपर्ने सबै भुक्तानी दिइसकेको बताउनु भयो । उहाँले कुनैपनि निर्माण व्यवसायीले विधि पु¥याएर दाबी गरेको भुक्तानी नरोकिएको बताउनु भयो ।
उहाँले अर्थ मन्त्रालयले तथ्यमा चिट नगर्ने बताउनु भयो । उहाँले वर्तमान सरकारले अर्थ मन्त्रालको जिम्मेवारी लिँदा सूचक नकारात्मक रहेको तर पछिल्लो ६ महिनामा सरकारले अर्थतन्त्रलाई सकारात्मक दिशामा फर्काएको दाबी गर्नुभयो ।
उहाँले अर्थ मन्त्रालयले वर्षेनी १७५ प्रकृतिका कोषमा पैसा विनियोजन गरेर खर्च गर्दै आएको बताउनु भयो । अर्थमन्त्री पौडेलले सरकारले ल्याएका अध्यादेश मुलुकको समृद्धि र व्यवसायीक वातावरण निर्माणको लागि भएको उल्लेख गर्नुभयो ।