सुक्खा पहिरोले अवरुद्ध खाँदबारी–किमाथाङ्का सडकखण्ड सुचारु


५ माघ २०८१, शनिबार १४:०७ मा प्रकाशित

संखुवासभा । सुक्खा पहिरोले अवरुद्ध उत्तर–दक्षिण कोशी सडकअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका–३ सेम्बुङमा खाँदबारी–किमाथाङ्का सडकखण्ड खुलेको छ । भोटखोला–३ सेम्बुङ डाँडामा पहिरो झरेपछि खाँदबारी–किमाथाङ्का सडक बन्द भएको थियो ।

हिजो दिउँसो खसेको सुक्खा पहिरोले २० मिटरभन्दा बढी कच्ची सडक अवरुद्ध भएको थियो । सडकमाथिबाट ठूल्ठूला ढुङ्गासहितको सुक्खा पहिरो खसेर अवरुद्ध सडकखण्ड एक दिनपछि आज बिहानबाट सञ्चालनमा आएको उत्तर–दक्षिण सडक कार्यालयका सूचना अधिकारी नरेश जिरेलले बताउनुभयो ।

सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिकामा आवतजावत गर्ने गाडी रोकिएका थिए । त्यसक्षेत्रमा लगातारजसो सुक्खा पहिरो खस्ने भएकाले कोशी राजमार्गको भोटखोला सडकखण्ड अवरुद्ध हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here