झापा इनर्जी लिमिटेडको छैठौं बार्षिक साधारण सभा सम्पन्न


१९ पुष २०८१, शुक्रबार १८:०४ मा प्रकाशित

बिर्तामोड । झापा इनर्जी लिमिटेडले आफ्नो छैटौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

साधारणसभामा झापा इनर्जी लिमिटेडका अध्यक्ष लालप्रसाद साँवाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको हालसम्मको प्रगति र आगामी योजनाबारे जानकारी गराउनुभएको थियो । उहाँले विद्युत उत्पादन, वितरण, र व्यवस्थापनमा कम्पनीले उल्लेखनीय सफलता हासिल गरेको बताउनुभयो ।

आयोजना निर्माण सम्पन्न भएको करीव ११ महिनामा २०८०/८१ को माघ १० देखि असाढ ३१ सम्म यस आयोजनाले ७२ लाख ४४ हजार ४ सय ९० युनिट विद्युत उत्पादन गरि नेपाल विद्युत प्राधिकरणलाई बेचेर रु ५ करोड २८ लाख ८४ हजार सात सय ७७ आम्दानी आर्जन गर्न सफल भएको छ ।

झापा इनर्जी लिमिटेड २०८० माघ १० देखि २०८१ मंसिर ३० सम्ममा ९ करोड २७ लाख ४१ हजार ४ सय ७० रुपैया आम्दानी गर्न सफल भएको छ । कम्पनीको अधिकृत पुँजी चालिस लाख कित्ता बराबर प्रति शेयर मुल्य रु १०० का दरले रु ४० करोड रहेको छ ।

हालसम्म कम्पनीको रु अड्तिस करोड एक लाख नब्बे हजार बराबरका जारी पुँजी रहेको छ । सभामा कम्पनीका शेयरधनीहरूले लाभांश वितरण, आगामी योजनाहरू, र व्यवस्थापनसँग सम्बन्धित विभिन्न प्रस्तावहरूमा छलफल गरेका थिए ।

सहभागीले कम्पनीको आर्थिक अवस्था र प्रगति रिपोर्टप्रति सन्तोष व्यक्त गर्दै नयाँ सम्भावनाहरूको खोजी गर्न सुझाव दिएका थिए । कार्यक्रममा कम्पनीका उच्च व्यवस्थापक, शेयरधनी, र स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

झापा इनर्जी लिमिटेडले क्षेत्रीय विकास र ऊर्जा क्षेत्रमा योगदान पु¥याउने प्रतिबद्धता दोहोर्याएको छ । सभाको अन्त्यमा आगामी वर्षका लागि थप परियोजनाहरू र सेवा विस्तार गर्ने घोषणा गरिएको थियो ।

कम्पनिका अध्यक्ष लालप्रसाद साँवाको अध्यक्षतामा भएको कार्यक्रममा कम्पनिका सञ्चालक समिति सदस्य रामचन्द्र उप्रेतीले स्वागत गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here