पोखरा । पूर्व गृहमन्त्री रवि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको देखिएको छ ।
हाल कास्की प्रहरी हिरासतमा रहेका लामिछानेको २७ करोड रुपैयाँ स्रोत नखुलेपछि सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरिएको छ ।
लामिछानेविरूद्ध सम्पत्ति शुद्धीकरणसँगै सहकारी ठगी र संगठित अपराध कसुरमा कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको हो।
जिल्ला सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्माले दिएको जानकारी अनुसार सम्पत्ति शुद्धीकरणमा मात्रै २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँको स्रोत नखुलेको मुद्दा दायर गरिएको हो ।






