खेतमा काम गर्नेक्रममा करेन्ट लाग्दा बाबु–छोराको ज्यान गयो


११ श्रावण २०७६, शनिबार १२:०१ मा प्रकाशित

जनकपुरधाम । खेतमा काम गर्ने क्रममा करेन्ट लाग्दा बाबुछोराको ज्यान गएको छ । धनुषाको कमला नगरपालिका–१ मंगराहा गाउँमा करेन्ट लागेर बुवा–छोराको ज्यान गएको हो ।

खेतमा काम गर्न गएका बेला ४५ वर्षीय राजेन्द्र मण्डल र उनका २२ वर्षीय छोरा धमेन्द्रको करेन्ट लागेर मृत्यु भएको हो ।शुक्रवार साँझ करेन्ट लागेर घाइते भएका उनीहरुलाई जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचारका लागि ल्याउने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय शहीदनगरले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here