प्रधानमन्त्रीसँग युएइका राजदुतको शिष्टाचार भेट


३ पुष २०८१, बुधबार १३:०१ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदुत अब्दुल्ला अल शम्सीले शिष्टाचार भेट गर्नुभएको छ । 


प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार भएको भेटमा राजदुत शम्सीले आगामी फेब्रुअरी दोस्रो साता दुबइमा हुने ‘वल्र्ड गभरमेन्ट्स समिट’ मा भाग लिन युएईका उपराष्ट्रपति एवं प्रधानमन्त्री मोहम्मद बिन रसिद अल माक्टुमले पठाउनुभएको निमन्त्रणा हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा दुई देशबीचको आपसी मित्रवत सम्बन्धलाई अझ प्रगाढ र मजबुत बनाउने विषय छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटका अवसरमा दुई देशबीच यसअघि भएका सम्झौताहरुको प्रभावकारी कार्यान्वयन र आगामी दिनमा व्यापार, लगानी, कृषि, जलविद्युत्, पर्यटन, हाइड्रो इनर्जी आदि क्षेत्रमा हुनसक्ने सम्झौता र सहकार्यका विषयमा पनि छलफल भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here