‘प्राविधिक समस्याका कारण उद्योगहरुमा विद्युत कटौति गर्नुपरेको हो, लोडसेडिङ हुने चरणमा छैन’


३ पुष २०८१, बुधबार १३:२२ मा प्रकाशित


काठमाडौं । नेपाल उद्योग प्राधिकरणका कार्यकारी दिर्नेशक कुलमान घिसिङले प्राविधिक समस्याका कारणले उद्योगहरुमा विद्युत कटौति गर्नुपरेको स्पष्ट पार्नुभएको छ ।


न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै कार्यकारी निर्देशक घिसिङले केही प्रशारण लाइनहरु मर्मत गर्नुपर्ने भएको कारण वीरगञ्ज र बुटवल क्षेत्रका उद्योगहरुमा विद्युत आपूर्ति बन्द गर्नुपरेको बताउनुभएको हो ।

उहाँले ट्रान्समिसन लाइनहरुको मर्मत कार्य गर्नुपर्ने र भारतबाट पनि पीक टाइममा विद्युत आयात गर्न नदिएको कारण उद्योगहरुमा विद्युत कटौति गर्नुपरेको बताउनु भयो । धेरै विद्युत खपत हुने समय बेलुका ५ बजेदेखि राति ९ बजेसम्म भारतबाट विद्युत आयात गर्न नदिएको उहाँको भनाइ छ । उहाँले ४५६ मेगावट क्षमता रहेको अप्पर तामाकोशीमा गत असोजमा आएको बाढीले क्षति पु¥याउँदा विद्युत आपूर्तिमा समस्या भइरहेको बताउनु भयो ।

उहाँले अप्पर तामाकोशीको निर्माण कार्य भइरहेकोले पूर्णरुपले सञ्चालनमा आउन अझै ५/६ महिना लाग्ने बताउनु भयो । अप्पर तामाकोशीबाट पूर्ण क्षमतामा विद्युत प्रवाह भएपछि अहिलेको लोडसेडिङ समस्या समाधान हुने उहाँको दाबी छ । 

कार्यकारी निर्देशक घिसिङले अहिले नेपालमा १६०० मगावाट मात्र विद्युत उत्पादन भइरहेकोमा डिमाण्ड १९०० मेगावाटको रहेको बताउनु भयो । उहाँले उत्पादनभन्दा माग बढी भएका कारण उद्योगहरुमा विद्युत कटौती गर्नुपर्ने बाध्यता रहेको बताउनु भयो ।

अन्य ग्राहकहरुले लोडसेडिङको समस्या झेल्नु नपर्ने उहाँको भनाइ छ । उहाँले अन्य विभिन्न ट्रान्समिसन लाइनहरुमा समस्या भएकै कारणले विद्युत कम उत्पादन भइरहेको भएपनि मुख्य कारण अप्पर तामाकोशीबाट विद्युत उत्पादन नहुनु नै रहेको बताउनु भयो । 

उद्योगहरुमा भइहरहेको लोडसेडिङको समस्या समाधान गर्न लागिपरेको उहाँले बताउनु भयो । उहाँले पिक समयमा भने उद्योगहरुमा विद्युत कटौती नगरी सुख्खयाममा नागरिकलाई विद्युत आपूर्ति गर्न नसकिने बताउनु भयो । उहाँले यो हिउँदमा लोडसेडिङ नहुने पनि बताउनु भयो । लोडसेडिङ हुने चरणमा नरहेको उहाँले स्पष्ट पार्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here