अल–असद सरकारको पतनपछि हजारौं सिरियालीहरू लेबनान पलायन


१ पुष २०८१, सोमबार ११:१२ मा प्रकाशित



युद्धग्रस्त सिरियामा शक्ति परिवर्तनपछि सुरक्षा चिन्ताका कारण हजारौं सिरियालीहरूले सिरिया छोड्ने निर्णय गरेका छन् । बसर अल–असदको सरकारको पतन भएदेखि दैनिक १ हजारदेखि १२ सय व्यक्ति सिरियाबाट कानूनी रूपमा लेबनान प्रवेश गर्ने गरेका छन् । मस्ना नाकामा अझै पनि सयौं मानिसले सीमा पार गर्न पर्खिरहेको बताइएको छ । 


लेबनानले २०११ मा गृहयुद्धको चपेटामा परेपछि देशबाट भागेका करिव २० लाख सिरियाली शरणार्थीहरूलाई होस्ट गरिरहेको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here