काठमाडौंका पूर्वमेयर पिएल सिंहको निधन


१ पुष २०८१, सोमबार ११:०६ मा प्रकाशित

काठमाडौं । सोमवार बिहान चाक्सीबारिस्थित निवासमा उहाँको निधन भएको हो । उहाँ पूर्वमन्त्री समेत हुनुहुन्थ्यो । उहाँको पार्थिव शरीरलाई अहिले चाक्सीबारी निवासमा नै राखिएको छ ।

११ बजे अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिनेछ । सिंह २०४९ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित भई तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बन्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here