गणपूरक नपुगेपछि अर्थसमितिको बैठक स्थगित


१ पुष २०८१, सोमबार १३:५७ मा प्रकाशित



काठमाडौं । गणपूरक संख्या नपुगेपछि अर्थसमिति बैठक स्थगित भएको छ ।


प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा १२ जना सांसदको उपस्थितिमा हुनुपर्नेमा ८ जना मात्रै सांसद उपस्थिति भएका हुन् । गणपूरक संख्या नपुगि बैठक सञ्चालन गरेको भन्दै नेकपा (माओवादी केन्द्र) की सांसद गंगा कार्कीले विरोध जनाउनु भयो ।

उहाँले सत्तापक्षका सांसदहरु नै बैठकमा उपस्थिति नहुनु राम्रो नभएको र कोरम नपुगि बैठक बस्न नमिल्ने भन्दै विरोध जनाएसँगै समिति सभापति सन्तोष चालिसेले बैठक स्थगित गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here