पहिरोले फालेलुङका कृषकले लगाएको सय रोपनी बढि अलैँची बगान बगायो


११ श्रावण २०७६, शनिबार ११:१९ मा प्रकाशित

पाँचथर । केहि दिन यता परेको अविरल वर्षाका कारण झरेको पहिरोले पाँचथरको फालेलुङका कृषकले लगाएको अलैँची बगान बगाउँदा कृषकहरु चिन्तित बनेका छन् ।

उनीहरुले लगाएको सय रोपनी भन्दा बढि अलैँची बगान पहिरोले बगाएको फालेलुङ १ का घनश्याम सुवेदीले बताए
। उनका अनुसार फालेलुङ १ एकतिनमा तुलसी प्रसाद रिजालको ४ रोपनी, कुवेरनाथ रिजालको ४ रोपनी, हरि प्रसाद रिजालको ५ रोपनी, जग्गा नन्द न्यौपानेको २ रोपनी, टंक पौड्यालको २० रोपनी, हरि प्रसाद मिश्रको दुई रोपनी अलैँचीको बगान बगाएको हो ।

यस्तै फालेलुङ ७ का डिल्लीराम रिजाल, नन्दलाल रिजाल, वाचनवस्ती रिजाल, फेमेलाल रिजाल, भिम कुमार रिजाल, इन्द्रलाल रिजाल, पदम रिजाल, वडाअध्यक्ष शेर बहादुर केरुङको घर, खेतबारी उच्च पहिरोको जोखिममा परेका छन् । जतासुकै खनिएको नयाँ सडकको कारण झरेको पहिरोले अलैँची बगान मात्रै नभएर भर्खरै रोपिएको धानवाली समेत बगाएको छ । मुख्य सडक फिदिम फालोटको सडक ठाउँठाउँमा झरेको पहिरोका अहिले सवारी साधानहरु ठप्प छन् । भित्री सडकहरु समेत अवरुद्ध भएको छन् ।

तत्कालै कार्यपालिका बैठक बोलाएर क्षतिको विवरण संकलन गर्ने र के गर्न सकिन्छ छलफल गर्ने तयारीमा आफूहरु रहेको गाउँपालिका अध्यक्ष संच बहादुर केरुङले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here