दक्षिण कोरियाली संसदद्वारा राष्ट्रपति युनविरुद्ध महाभियोग प्रश्ताव पारित


२९ मंसिर २०८१, शनिबार १७:५८ मा प्रकाशित


काठमाडौ । दक्षिण कोरियाको संसदले शनिवार राष्ट्रपति युन सुक–योलको मार्शल ल घोषणामा दोस्रो महाभियोग प्रश्ताव पारित गरेको छ । पहिलो एक हप्ता अघि खारेज गरेपछि यो दोस्रो पटक पारित गरिएको हो ।

ऐतिहासिक पूर्ण बैठकमा एक सदनात्मक राष्ट्रिय सभाका ३०० सांसदमध्ये २ सय ४ जनाले पक्षमा र ८५ जना विपक्षमा मतदान गरेका थिए भने तीन जनाले अनुपस्थिति र आठ जनाले बदर गरेका थिए ।

गत शनिवार सत्तारुढ १०८ जनशक्ति पार्टीका अधिकांशले संसदीय हलबाट बाहिरिएर मतदान गर्न अस्वीकार गरेपछि पहिलो महाभियोग प्रश्ताव अमान्य भएको पुष्टि भएको थियो । संसदीय स्वीकृतिसँगै संवैधानिक अदालतले १८० दिनसम्म महाभियोगको विचार गर्नेछ ।

जसको अवधिमा युनको संवैधानिक शक्ति निलम्वित हुनेछ र प्रधानमन्त्री हान डक–सू कार्यवाहक राष्ट्रपति हुनेछन् । यदि अदालतले महाभियोगलाई समर्थन ग¥यो भने ६० दिनभित्र तुरुन्तै राष्ट्रपति चुनाव हुनेछ । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here