बिर्तामाेड । निता भेटवाल स्मृति प्रतिष्ठानको आयोजनामा आयोजित “शान्तिको लागि बुद्धको उपदेश” निबन्ध प्रतियोगितामा सहभागि भएका १० जना विद्यार्थीलाई पुरस्कृत गरिएको छ
कार्यक्रमा उत्कृष्ट निबन्ध प्रस्तुत गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र र नगद राशी प्रदान गरिएको हो । निबन्ध लेखनमा उत्कृष्ट हुने छत्रा ज्योति ढुङगेललाइ प्रथम पुरस्कार रु ७० हजार प्रदान गरिएको थियो ।
त्यस्तै दितिय हुने एलिना तिम्सिनालाई ५० हजार, तुतिय हुने सन्ध्या खतिवडालाई ३० हजार र सान्तवना हुने ७ जना विद्यार्थीहरुलाई रु ७ हजार पुरस्कार र प्रमाणपत्र वितरण गरिएको हो । शैक्षिक र सामाजिक विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितामा विद्यार्थीहरूलाई बुद्धका शान्ति र अहिंसाका सन्देशप्रति जागरूक बनाउने प्रयास गरिएको थियो ।
प्रतियोगितामा झापा संघिय निर्वाचन क्षेत्र नं २ भित्रका जम्मा २२ वटा विद्यालयहरुलाई छनोट गरिएको थियो । जस्मा “शान्तिको लागि बुद्धको उपदेश“ निबन्ध प्रतियोगितामा जम्मा ३६ जना विद्यार्थीहरुले भाग लिएका थिए ।
कार्यक्रमका प्रमुख कोशी प्रदेश माननीय खानेपानी सिचाई तथा उर्जा मन्त्री एकराज कार्कीले प्रतियोगिताले विद्यार्थीहरूलाई सिर्जनात्मक लेखन र समाजप्रति जिम्मेवार बन्ने प्रेरणा दिएको बताउँदै आगामी दिनमा यस्ता कार्यक्रमले अझ ठूलो प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।
अमेरिकामा बस्दै आउनुभएका निता भेट्वाल स्मृति प्रतिष्ठानका संरक्षक द्वय बिष्णु प्रसाद भेट्वाल र बिष्णुमाया भेट्वालले स्वगिय छोरी निता भेट्वालको नाममा विभिन्न स्कुलहरुमा अक्षय कोष समेत स्थापना गर्नुभएको छ । यस प्रतिठानले गरिब अनाथ तथा टुहुरा बालबालिकाहरुलाई निशुल्क शिक्षा दिक्षा र गास बास कपासको समेत व्यवस्था गर्दे आइरहेको छ ।






