काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित चोभारमा आगलागी भएको छ । मंगलवार बिहान कबाडी संकलन केन्द्रमा आगलागी भएको हो । कबाडी संकलन केन्द्र र बंगुर पालन गरिएको ठाउँमा आगलागी भएको तर अझैसम्म आगो नियन्त्रणमा आइ नसकेको काठमाडौं महानगरपालिकाका सहायक निरीक्षक वसन्तकुमार श्रेष्ठले बताउनु भयो ।
आगलागिको जानकारी हुने बित्तिकै महानगरको टोली पुगेर आगो नियन्त्रणमा लिने प्रयास गरेको बताउनु भयो । आगलागि भएको स्थानमा जस्तापाताका टहराहरु बढी भएका कारण आगो नियन्त्रणमा लिन नसकिएको बताउनु भयो । उहाँले स्काभेटर मगाएर जस्तापाता हटाउने र आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको बताउनु भयो ।
अहिले नेपाल प्रहरी, शसस्त्र प्रहरी, स्थानीय लगायत मिलेर आगो निभाउने प्रयास भइरहेको छ ।