संसदले गर्ने निर्णय कार्यान्वयन गर्न नसक्दा संसद सेवा प्रभावकारी हुन सकेनः अध्यक्ष दाहाल


२३ मंसिर २०८१, आईतवार १६:५४ मा प्रकाशित



काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसदले गरेका काम र निर्णयहरु व्यवहारमा लागू गर्न नसक्दा संसद सेवा प्रभावकारी हुन नसकेको टिप्पणी गर्नुभएको छ ।


आईतवार १८ औँ संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संसद, सरकार र सरकारी संयन्त्रहरुले जनता राष्ट्रको हित हुनेगरी निर्णय गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिको कारणले संसदको भुमिका प्रभावकारी हुन नसकेको बताउनुभएको हो ।

उहाँले संसदको भुमिका प्रभावकारी बनाउन विगतमा गर्न नसकेका कामहरुको कारणसहति उजागर गर्न आवश्यक रहेको बताउनु भयो । निर्णय गरिएका विषयहरु मिडियामा प्रचारबाजी गर्नुभन्दा व्यवहारमा लागू गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।


उहाँले संसद चलाउने क्रममा भएका गल्तिहरु सबैले स्वीकार गर्दै भविष्यमा त्यस्ता गल्तिहरु नदोहा¥याउने प्रतिवद्धता गर्न आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा बोल्दै राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले सांसदहरुलाई विकास निर्माणमा केन्द्रित गर्ने कि विधेयक निर्माणमा भन्ने बहस हुन आवश्यक रहेको बताउनु भयो ।

उहाँले सांसदहरुसँगै संसद सेवाले काम गर्नुपर्ने भएको हिसावले जनातासँग जोडिएको उल्लेख गर्दै विकास निर्माणसँगै कानून निर्माणमा ध्यान दिन जरुरी रहेको बताउनु भयो । अधिकांश सांसदहरु कानून निर्माणभन्दा विकास निर्माणका काममा सक्रियता देखाइरहेको उल्लेख गर्दै उहाँले सिद्धान्ततः कानून निर्माणमै जोड दिन आवश्यक रहेको समेत स्पष्ट पार्नुभयो ।


संसद सेवा भित्रका कर्मचारीहरुले संसद बैठक चलाउने, समितिका बैठकहरु सञ्चालन गर्ने र आर्थिक प्रशासनिक कामहरु गर्ने भएका कारण संसद प्रभावकारी बनाउन उनीहरुको भुमिका महत्वपूर्ण रहेको घिमिरेको भनाइ छ ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here