नाक, कान र घाँटीको समस्यामा नेपाली बढी लापरवाह छन्ः डा. दिवित अधिकारी नाक, कान तथा घाँटी रोग विशेषज्ञ


२३ मंसिर २०८१, आईतवार १२:१० मा प्रकाशित

काठमाडौं । अघिल्ला वर्षहरुको तुलनामा यस वर्ष धेरै चिसो हुने संकेत देखिन थालेको छ । जति चिसो बढ्दै जान्छ बिरामी पर्नेहरुको संख्या पनि बढ्ने गर्दछ । हाम्रो दैनिक बानी, व्यवहार, आहारविहारले चिसोमा हुने संक्रमणको जोखिम निर्धारण गरिरहेको हुन्छ ।

हाम्रो सानो हेलचेक्राँई र लापरवाहीले ठूलो जोखिम र दुर्घटना निम्त्याइरहेका हुन्छन् । चिसोमा श्वासप्रश्वास सम्बन्धी समस्या र पेट सम्बन्धी समस्या बढी देखिन्छ । उमेरगत समस्या पनि उत्तिकै हुन्छ ।

गर्भवती, सुत्केरी, नवजात शिशु, साना बालबालिका, दीर्घरोगी र वृद्धवृद्धाहरुमा चिसोमा बढी जोखिम हुन्छ । यी सबै अवस्था र उमेरका व्यक्तिहरुको दैनिक हेरचाह र सावधानी अपनाउन सकियो भने चिसोमा हुने संक्रमण र त्यसको जोखिमबाट बचाउन सकिन्छ ।

अल्का अस्पतालका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा.दिवित अधिकारीले चिसोमा सावधानी अपनाउनुको सट्टा औषधि खाने चलनले व्यक्तिको स्वास्थ्य जोखिम बढिरहेको बताउनु भयो । चिसोको बेलामा सबैभन्दा पहिला नाक, कान र घाँटीमा समस्या देखिने भएकाले चिकित्सकको सल्लाह लिएर मात्रै औषधिको प्रयोग गर्न आग्रह गर्नुभयो । चिकित्सकको सल्लाह बिनै मेडिकलबाट औषधि ल्याएर खाने चलनले जोखिम बढिरहेको उहाँको भनाइ छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here