जनकपुरले लुम्बिनीलाई दियो १३७ रनको लक्ष्य


२३ मंसिर २०८१, आईतवार ११:२० मा प्रकाशित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १३७ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३६ रन मात्र बनाउन सक्यो ।

जनकपुरका लागि कप्तान अनिलकुमार साहले ४५, लाहिरु मिलन्थाले २४, र आसिफ शेखले १६ रन बनाए । शुभ कंसाकारले अविजित २२ रन बनाए । लुम्बिनीका लागि अभिशेष गौतमले तीन, साद बिन जफर र कप्तान रोहितकुमार पौडेलले समान द्ई तथा सन्दीप जोराले एक विकेट लिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here