कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा.गोविन्दप्रसाद शर्माले वैज्ञानिक विधिबाट माटोको संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।
बिहीवार कृषि विभागले माटो दिवसको अवसरमा ललितपुरमा गरेको कार्यक्रममा बोल्दै कृषिसचिव शर्माले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय प्राकृतिक माटोमा विभिन्न खालका दोहन र रासयनिक मलको कारण खाद्य तत्वहरुको कमी भइरहेको बताउनु भयो ।
उहाँले एक वर्षमा नेपालको माटो १.६ मिलिमिटर बगेर गएको विभिन्न तथ्याङ्कले देखाएको बताउनु भयो । उहाँले माटोको दैनिक रुपमा खाद्य तत्व(स्वायल फर्टीलिटी) र उत्पादकत्व कमी भएको बताउनु भयो । उहाँले माटोमा खाद्य तत्व र उत्पादन क्षमता बढाउनको लागि वैज्ञानिक व्यवस्थापन गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।
उहाँले नेपालको पहाड र तराईको माटोको छुट्टा—छुट्टै वर्गिकरण गर्न आवश्यक रहेको भन्दै तराई र पहाडको माटोको नतिजालाई छुटै किसिमले विश्लेषण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अहिलेसम्म तराई र शहरी क्षेत्रको माटो भन्दा पहाडको माटो कृषि उत्पादनको लागि ठिक रहेको बताउनु भयो । उहाँले पहाडमा गाईवस्तु पालेर अग्र्यानिक मलहरुको प्रयोग हुने गरेकाले माटो ठिक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘एक वर्षमा नेपालको माटो १.६ मिलिमिटर बगेर गएको छ । १ हजार वर्षमा फर्ममेसन भएको स्वायल १५ वर्षमा गएको छ । जुन धेरै अघिको डाटा हो । त्यो भन्दा बढी लस भएको भन्ने छ । मानिसहरुले खाने खाना ९५ प्रतिशत माटोमा नै उत्पादन हुन्छ । माटोको दैनिक रुपमा खाद्य तत्व(स्वायल फर्टीलिटी) र उत्पादकत्व कमी भएको छ । त्यसको व्यवस्थापन गर्न जरुरी छ ।
माटोलाई हामीले वैज्ञानिक ढङ्गबाट व्यवस्थापन गर्न आवश्यकता छ । नेपालको पहाड र तराईको माटोको वर्गिकरण छुट्टाछुट्टै गर्न आवश्यक छ । तराई र पहाडको माटोको नतिजालाई छुटै किसिमले विश्लेषण गर्नुपर्छ । तराई र शहरी क्षेत्रको माटो भन्दा पहाडको माटो अझै ठिक छ । गाईवस्तु पालेर अर्गानिक मलहरुको प्रयोग हुने गरेको छ ।’
उहाँले १ हजार वर्षमा फर्ममेसन भएको स्वायल १५ वर्षमा गएको देखिएको भन्दै माटोको संरक्षण गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले अहिलेसम्म मानिसहरुले खाने खाना ९५ प्रतिशत माटोमा नै उत्पादन हुने गरेको बताउनु भयो ।