अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक सहायता सामग्री सरकारले उपलब्ध गराउँछः मन्त्री सुडी


१८ मंसिर २०८१, मंगलवार १५:५८ मा प्रकाशित



काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिसोर साह सुडीले अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक पर्ने सहायता सामग्री सरकारले उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।


मंगलवार अपाङ्गता भएका व्यक्तिहरुको ३३ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

उहाँले आउँदो आर्थिक वर्षको बजेटमा यस शिर्षकमा बजेट छुट्याउँदै निजी तथा सरकारी निकायहरुसँग समन्वय गरेर देशभरका अपाङ्गता भएका व्यक्तिहरुलाई सहयता सामग्री प्रदान गरिने बताउनु भयो ।

उहाँले अपाङ्गता भएका व्यक्तिहरुको ३३ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुभकामना दिँदै दिवसले जीवनयापनको संवैधानिक हक सुनिश्चित गर्न सबैलाई प्रेरणा मिल्ने बताउनु भयो । अपाङ्गता भएका नागरिकको क्षेत्रमा देखिने गरी काम गर्नुपर्ने बताउनु भयो । 


उहाँले गत सरकारले अपाङ्गता भएका व्यक्तिहरुको लागि काम गर्ने भनरे सम्झौता गरेपनि बजेट नछुट्याएको बताउनु भयो । बजेट बन्ने समयसम्म आफू मन्त्री रहेको खण्डमा बजेटको प्रवन्ध गर्दै देशभरका अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता प्रदान गर्ने उहाँको प्रतिवद्धता छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here