राष्ट्रपतिद्वारा स्व. ढुंगानालाई श्रद्धाञ्जली व्यक्त


६ मंसिर २०८१, बिहीबार १०:५७ मा प्रकाशित



राष्ट्रपति रामचन्द्र पौडेल पूर्वसभामुख स्व. दमननाथ ढुंगानालाई श्रद्धाञ्जली दिन उहाँको निवास पुग्नुभएको छ ।


बिहीवार बिहान राष्ट्रपति पौडेल स्व. ढुंगानाको परिवारसँग भेट गर्न बत्तिसपुतलीस्थित निवासमा पुग्नुभएको हो ।

राष्ट्रपति पौडेलसँगै उहाँकी धर्मपत्नी सविता पौडेल पनि स्व.ढुंगानाका परिवारजनलाई समवेदना प्रकट गर्न उहाँको निवास पुग्नुभएको थियो । ढुंगाना निवासमा राष्ट्रपति पौडेलले परिवारसँग कुराकानी गरी उहाँको समवेदन प्रकट गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here