जलवायु परिवर्तनसम्बन्धी चित्रकला प्रदर्शनी


७ चैत्र २०८२, शनिबार १६:२५ मा प्रकाशित


जलवायु परिवर्तन, लैङ्गिक विभेद, वालविवाह लगायतका समस्यासम्बन्धी चित्रकला प्रर्दशनी आयोजना गरिएको छ । 


युवा र प्लान ईन्टरनेसनलको संयुक्त सहकार्यमा शनिवार पाटन दबरबार क्षेत्रमा उक्त प्रर्दशनी गरिएको हो । प्रदर्शनीमा १६ देखी २९ वर्षसम्मका युवाहरुको ५० भन्दा बढी चित्रकलाहरु प्रदर्शन गरिएको थियो ।

युवा संस्थाकी प्रजेक्ट कोअर्डिनेटर नविना तिवारीले जलवायु परिवर्तन, लैङ्गिता, बालविवाह लगायतका समस्या र त्यसको समाधान चित्रकलामार्फत उजागर गर्ने उद्कदेश्यले प्रदर्शनी आयोजना गरिएको बताउनु भयो । उहाँले चित्रकलासँगै कविताहरु पनि वाचन गरिएको जानकारी दिनुभयो ।

उहाँकाअनुसार फेब्रुअरी महिनाबाट देशका विभिन्न क्षेत्रका युवाहरुको आर्ट अनलाईन तथा भौतिक रुपमा संकलन गरिएको थियो । सोही संकलन गरेका आर्ट प्रदर्शन तथा कविता शनिवार वाचन गरिएको हो । प्रदर्शनीमा मिथिला आर्ट पनि प्रदर्शन गरिएको थियो । 

युवा संस्थाको युथ एक्टिभेस लिडर काउन्सिलमा कार्यरत स्नेहा भट्टले सबैभन्दा ठूलो समस्याको रुपमा रहेको जलवायु परिवर्तनलाई निर्वारणको लागि चित्रकलाबाट वकालत गर्न खोजिएको बताउनु भयो । उहाँले हरेक वर्ष प्रर्दशनी हुँदै आएको जानकारी दिनुभयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here