उपनिर्वाचनमा कसैप्रति आग्रह/पूर्वाग्रहको अवस्था बन्न दिनु हुँदैनः महामन्त्री शर्मा


३० कार्तिक २०८१, शुक्रबार १६:२३ मा प्रकाशित



काठमाडौं ।
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनमा कसैप्रति आग्रह/पूर्वाग्रहको अवस्था बन्न दिनु नहुने बताउनुभएको छ ।


शुक्रवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले उपनिर्वाचन घोषणा भएका स्थानीय तहका कार्यकारी प्रमुखहरुलाई अब चलाउन नहुने बताउनु भयो ।

उहाँले दैलेखको महाबु गाउँपालिकामा उपनिर्वाचन भइरहेको र त्यहाँका कार्यकारी प्रमुखलाई चलाइएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले सबै राजनीतिक दलहरुले उपनिर्वाचनमा जाँदै गर्दा आपसमा संयम र स्वस्थ वातावरणको अनुभुति गर्ने अवस्था बनाउन गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराउनु भयो ।

 महामन्त्री शर्माले अख्तियार दुरुपयोग अनुसन्धान ऐन, २०७६ लाई अबको संसदबाट पनि टुंगिने वा नटुंगिने भन्ने अलमल हटाउनुपर्ने बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here