विषादी युक्त तरकारी आयातमा नेवि संघ झापाको विरोध प्रर्दशन


९ श्रावण २०७६, बिहीबार १७:०७ मा प्रकाशित

झापा । भारतबाट आयातित विषादी युक्त तरकारी नेपालको पुर्वी नाका काकरभिट्टाबाट परिक्षण नगरी आयत गरिएको बिरोधमा नेविसंघ झापाले नेपाल भारत सिमावर्ती क्षेत्रमा विरोध प्रर्दशन गरेको छ ।

विहिबार झापाको काकडभिट्टामा व्यानर प्लेकार्ड सहित सडकमा उत्रिएका नेविसंघका विद्यार्थीहरुले नारा जुलुस गरेका थिए । सयौंको संख्यामा रहेका विद्यार्थीहरुले सरकारले कुनै चेकजाच नगरी तरकारी नेपालमा आयात हुन दिएको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएको जनाइएको छ ।

प्रदर्शनकारीहरुका अनुसार जबसम्म सरकारले भारत बाट आयातित विषादी युक्त तरकारी तथा फलफुलहरु चेकजाच गरेर आयात नभए सम्म आन्दोलन जारी रहने जनाएका छन् । काकभिट्टाको मध्य चोकबाट सुरुभएको र्याली भन्सार कार्यालयको मुल गेट हुँदै नेपाल प्रवेस द्धार गेट सम्म पुगेको थीयो । यसअघिनै नेविसंघले देशभर नै चरणवद्ध आन्दोलन गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here