आगामी वर्षहरु चुनौतिपूर्ण छन्,डेंगुलाई गम्भीरतापूर्वक लिनुपर्छः डा. शेरबहादुर पुन


२२ कार्तिक २०८१, बिहीबार १२:५३ मा प्रकाशित

काठमाडौं । डेंगुको संक्रमण वर्षेनी बढ्दै गइरहेको चिकित्सकहरुले बताएका छन् । विगतको तथ्यांकका आधारमा हेर्दा वर्षेनी डेंगु संक्रमण बढिरहेको उनीहरुको दाबी छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक हेर्ने हो भने गत वर्षको तुलनामा यस वर्ष हरेक महिनामा कम संक्रमित फेला परेका छन् ।

तर संक्रमणको जोखिम कम भने नरहेको सरकारले बताएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले प्रत्येक आउट ब्रेकसँगै थप कडा रुपमा डेंगु प्रश्तुत भइरहेको बताउनु भयो । उहाँले आगामी वर्षहरु झनै चुनौतिपूर्ण बन्ने बताउनु भयो ।

उहाँले यस वर्ष तनहुँमा आउट ब्रेक भएको बतउनु भयो । काठमाडौं, तनहुँ, पर्वत, ललितपुर चितवन जिल्ला डेंगुबाट बढी प्रभावित भएका जिल्लाहरु हुन् । गण्डकी प्रदेशमा देशभर देखिएको डेंगुका केसहरुमध्ये ५० प्रतिशत केस फेला परेका छन् । अहिलेसम्म हुम्ला बाहेकका सबै जिल्लामा डेंगु फैलिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भनाइ छ । त्यस्तै डेंगु लागेका १२ जनाको पनि गत जनवरी यता मृत्यु भएको छ ।

अहिलेसम्म २८ हजार २१२ जनामा संक्रमण भएको सरकारको तथ्यांक छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले कोभिड सकिएपछि डेंगु झनै घातक भएर आएको र आगामी वर्षहरुमा महामारीको रुप लिनसक्ने चेतावनी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here