जनकपुरमा छठ मनाउनेहरुको भीड


२२ कार्तिक २०८१, बिहीबार १२:५० मा प्रकाशित

काठमाडौं । मिथिलाञ्चलमा छठ पर्व मनाउनेहरुको भीड लागेको छ । छठका अवसरमा जनकपुरधामको प्रमुख सरोवरहरुमा आज विहानैदेखि भीड लागेको हो । चार दिवसीय छठको पहिलो दिन नहाई खाई, दोस्रो दिन खरना, तेस्रोदिन अस्ताउदो सूर्यलाई अघ्र्य तथा चौथो दिन उदाउदो सूर्यलाई अघ्र्य दिने परम्परा रहेको छ ।

छठ पर्वलाई ध्यानमा राखी जनकपुरधामको गंगा सागर, धनुषसागर, रुक्मीणी सागर, अरगज्जा सागर, दशरथ तलाउ, रत्न सागर, भुतही पोखरी सहितका पोखरीहरुलाई पूजाको लागि विशेष रुपले सजाइएको छ । स्थानीय युवा क्लबहरुले पोखरीको सजाउने कार्यमा सहभागी भएका छन् ।

छठमा केरा, भुसबा, ठेकुवा, नरिवल, उखु, मुला सहित विभिन्न फलफूल लिएर भक्तजनहरुले सूर्य लाई अघ्र्य दिने गर्छन् । छठको पूजा पोखरी र नदीमा मात्र हुने गर्छ । घर, परिवारको सुख, शान्ति र समृद्धिका लागि व्रत बसेको व्रतालु महिलाहरु बताउँछन् ।


आदिकालमा सती अनुसुयाले रोगग्रस्त पतिलाइ निको हुनको लागि भगवान सूर्य र षष्टी देवीको पूजापाठ गरेकी थिइन । त्यसैगरि महाभारत कालमा पाँच पाण्डवकी पत्नी द्रौपदीले कौरवलाई पराजित गर्नका लागि सूर्य देवको उपासना गरी छठ पर्व मनाएकी पौराणिक कालमा उल्लेख रहेको छ । छठको व्रत बस्नाले दुःख कलेसबाट मुक्ति, सन्तान प्राप्ति, चर्मरोग निको हुने र पारिवारिक सुख शान्ति रहने जन विश्वासको साथ छठ पर्व मनाउने गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here