काठमाडौं । महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले नेपाल सम्वतलाई हरेक नेपालीले बुझ्ने संवत बनाउनुपर्ने बताउनुभएको छ ।
नेपाल संवत ११४५ को अवसर पारेर शनिबार काठमाडौंमा वसन्तपुरमा आयोजित एक समारोहमा बोल्दै उहाँले सो आवश्यकता औंल्याउनुभएको हो । उपमेयर डंगोलले व्यवहारिक पक्षमा नेपाल संवत हरेकले लागू गर्दै आएको भएपनि त्यसको महत्व बोध गराउने कार्यका लागि यसलाई प्रशासनिक रुपमा अघि बढाउने कार्यलाई पनि तिब्रता दिनुपर्ने स्पष्ट पार्नुभयो ।
उहाँले नेपाल संवतलाई सरकारले राष्ट्रिय संवतको मान्यता दिएको स्मरण गराउँदै त्यसको प्रयोगलाई अघि बढाउने कुरालाई दिनचर्याको रुपमा सबैले अघि बढाउनुपर्ने पनि बताउनु भयो ।
त्यस अवसरमा उपमेयर डंगोलले नेपाल सम्वत समारोहका लागि काठमाडौं महानगरपालिकाले सहयोग गर्दै आएको र त्यसलाई सदैव निरन्तरता दिने पनि बताउनु भयो ।