काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमत्री बद्रिप्रसाद पाण्डेले संस्कृति प्रत्येक समाजको प्राण तत्व भएको बताउनुभएको छ ।
शनिवार भक्तपुरमा नेपाल संवत ११४५ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्राण तत्व मजबुत भएपछि मात्रै बाहिरि स्वरुप मजबुत हुने उल्लेख गर्नुभयो ।
उहाँले नेपालीहरुको विविधतापूर्ण संस्कृति र प्रकृति नेपालको समृद्धि, पुँजी भएको बताउनु भयो । उहाँले नेपालमा १३१ वटा भाषाले बोकेको दर्शन, साहित्य, ज्ञान र यसलाई एकीकृत ढंगले जोगाउन जरुरी रहेको बताउनु भयो । उहाँले सबै भाषा, संस्कृतिलाई प्रवद्र्धन र संरक्षण गर्न सरकार तत्पर रहेको बताउनु भयो ।
मन्त्री पाण्डेले आगामी दिनमा राष्ट्रिय विभूति शंखधर शाख्वाले बोक्नुभएको दर्शनलाई अघि बढाउन एकजुट भएर लाग्नुपर्ने बताउनु भयो ।