झापा । युवा समूहबीच झगडा हुँदा बुधबार अपरान्ह झापाको दमकमा एक युवाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा दमक नगरपालिका वडा नं. २ का १८ बर्षीय विक्रम लिम्बु रहेको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ । दुई दिन अघि दमकका एक युवालाई कुटपिट गरेको भन्दै बुधबार समूह बनेर भेला भएका दमक वडा नं. २ र ३ बीचका युवाहरुबीच झगडा हुँदा लिम्बुको मृत्यु भएको बताइएको छ ।
झगडा भए पछि मिल्नु पर्छ भनेर बोलाएर पछाडिबाट फलामको रड प्रहार गरेको उपचार पछि डिस्चार्ज भएका घाइते भूजेजले बताएका छन् । घाइते भण्डारी स्थानीय लाइफ लाइन अस्पतालमा उपचार संभव नभए पछि त्यहाँबाट रिफर गरेको अस्पतालले जानकारी दिएको छ । झगडा गर्नेहरुको खोजी कार्य भईरहेको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ ।





