भारतबाट डिजेल लोड गरेर आएको ट्यांकरमा लागू औषध भटियो


९ श्रावण २०७६, बिहीबार ११:३८ मा प्रकाशित

विराटनगर । भारतबाट डिजेल लोड गरेर विराटनगर आएको तेल ट्यांकरमा लागू औषध भेटिएको छ ।

विराटनगरस्थित पिपलचोकमा पार्किङ गरि राखिएको ना ४ ख ६६५० नम्बरको ट्यांकरमा लागु औषध भेटिएको हो । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले चेक जांच गर्ने क्रममा सो ट्यांकरमा लागू औषध फेला परेको हो । चालक बस्ने क्याबिनमा कालो झोलामा झुण्ड्याइ राखिएको अवस्थामा ४ बोतल लागु औषध भेटिएको प्रहरीले जनाएको छ । सो झोलामा थप ३ बोतल प्रयोग गरिसकिएको लागु औषधको खाली बोतल भेटिएको मोरङ प्रहरीका प्रवक्ता राजकुमार खिउंजुले जानकारी दिए ।

लागु औषध भेटिएपछि ट्यांकरका सहचालक भारत अररिया बथनाहाका १९ बर्षिय मोहम्मद राजुलाई नियन्त्रणमा लिइएको र फरार चालक ३२ बर्षिय मोहम्मद साफिकको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिए । लागु औषध के प्रयोजनका लागि ल्याइएको हो बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here