एसएस फाउण्डेशनद्वारा फुटबलर अमिशा कार्कीलाई नगद एक लाखसहित सम्मान


१६ कार्तिक २०८१, शुक्रबार १७:४० मा प्रकाशित

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य अमिशा कार्की नगद एक लाख पुरस्कारसहित सम्मानित भएकी छन् । एसएस फाउण्डेसनले बानेश्वरमा शुक्रवार एक कार्यक्रममा आयोजना गर्दै अमिशालाई नगदसहित सम्मानपत्रद्वारा सम्मान गरेको हो ।

एसएस फाउण्डेसनका संरक्षक सोभित उप्रेती र अध्यक्ष वरिष्ठ कलाकार मदनदास श्रेष्ठले अमिशालाई नगद एक लाख पुरस्कारसहित सम्मानपत्र प्रदान गरे । गत बुधवार मात्र सम्पन्न साफ महिला च्याम्पियनसिपमा नेपाललाई फाइनलसम्म पु¥याउन अमिशाको महत्वपूर्ण भुमिका थियो । उनले फाइनलमा बंगलादेशविरुद्ध गोलसमेत गरेकी थिइन् ।


सम्मान कार्यक्रममा अमिशाले समर्थकको राम्रो साथका बाबजुद यसपल्ट उपाधि जित्न नसके पनि आगामी संस्करण जसरी पनि सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरिन् । उनले हरेक क्षेत्रबाट खेलाडीलाई सम्मान गर्दा प्रोत्साहन मिल्ने बताइन् । 


फाउण्डेसनका संरक्षक उप्रेतीले खेलाडीहरूले पुर्वाधार, सेवासुविधाका कमी हुनुको बाबजुद यो सफलता प्राप्त गरेको अवस्थामा उनीहरूलाई प्रोत्साहन गर्न सम्मान गरिएको बताए । उहाँले राम्रो काम गर्दै आएका राष्ट्रिय प्रतिभासँगै समाज योगदान पु¥याउँदै आएका व्यक्तित्वलाई सम्मान गर्दै आएको उल्लेख गर्नुभयो । 


घरेलु भुमिमा सम्पन्न सातौं संस्करणको साफ महिला साफ च्याम्पियनसिपमा पनि नेपाल बंगलादेशसँग २–१ ले पराजित हुँदा उपाधि छैटौंपल्ट उपाधिविमुख भएको थियो । सोही फाइनलमा अमिशाले गोल गर्दै बराबरीमा ल्याएकी थिइन् । तर अन्तिम समय समालिन नसक्दा नेपालले लगातार दोस्रो संस्करणमा बंगलादेशसँग भिडन्तमा हार व्यहोर्नुपरेको हो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here