हामी अहिले नै सरकारलाई गल्हत्याउने पक्षमा छैनौः पुष्पकमल दाहाल


१० कार्तिक २०८१, शनिबार १६:३२ मा प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारलाई अहिले नै गल्हत्याउने पक्षमा आफूहरु नरहेको बताउनुभएको छ ।


अध्यक्ष दाहालले सरकारलाई तत्काल हटाउनका लागि आफूहरुले खबरदारी सभा नगरेको पनि दोहो¥याउनु भयो । शनिवार काठमाडौंमा पार्टीद्वारा आयोजित खबरदारी सभामा बोल्दै उहाँले सडकबाट सरकार फेर्ने भन्ने काँग्रेस—एमाले नेतृत्वको सरकारलाई परेको भए त्यो भ्रममात्रै हुने पनि बताउनु भयो ।

ढुक्कसँग सरकार चलाए हुने अध्यक्ष दाहालको भनाई थियो । उहाँले काँग्रेस–एमालेलाई बेइमान, भ्रष्ट, विचौलियाहरुको पार्टी भएको आरोप लगाउँदै अब प्रधानमन्त्री, मन्त्री बनाउनका लागि फकाउन आउने पक्षमा नरहेको पनि बताउनु भयो ।

सरकारलाई बेथिति बढाउन नदिन, भ्रष्टाचारीलाई संरक्षण गर्न  नदिन, संविधानको रक्षा गर्दै समृद्धिको पक्षमा काम गराउन आफूहरुले सरकारलाई खवरदारी गरेको जिकिर गर्दै अध्यक्ष दाहालले त्यसमा तलमाथि भए सैह्य नहुने बताउनु भयो । 


अध्यक्ष दाहालले आगामी निर्वाचनमा आफ्नो पार्टीले एक्लै चुनाव लड्ने घोषणा पनि गर्नुभयो । काँग्रेस र एमाले जस्ता पार्टीसँग मिलेर चुनाव नलड्ने उहाँको भनाई थियो । अध्यक्ष दाहालले आफ्नो पार्टीले आगामी निर्वाचनमा एक्लै चुनाव लडेर काँग्रेस र एमालेलाई जनस्तरबाट सजाय दिन चाहेको पनि बताउनु भयो । 

अध्यक्ष दाहालले माओवादी धारका अन्य राजनीतिक दलहरुसँग एकता गरेर आफनो पार्टीले आगामी निर्वाचनमा जाने तयारी गरेको पनि बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here