विधिको शासन कायम गर्दा बिरोध गर्ने परिपाटी राम्रो होइनः उपप्रधानमन्त्री सिंह


१० कार्तिक २०८१, शनिबार १६:३४ मा प्रकाशित


काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले विधिको शासन कायम गर्ने क्रममा कानूनी प्रक्रिया अघि बढाउँदा बिरोध गर्ने परिपाटीको अन्त्य हुन आवश्यक रहेको बताउनुभएको छ ।


शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीले विधिको शासनको कुरा गर्ने अनि गलत काम गर्ने व्यक्तिलाई पक्राउ गर्दा पक्राउ गर्नु हुँदैन भन्ने काम गरेको बताउनु भयो । उहाँले नेकपा (माओवादी केन्द्र) लगायतका प्रतिपक्ष दलहरुले विधिको शासन कायम गर्ने क्रममा प्रतिरोध गरेको भन्दै आपत्ति जनाउनु भयो ।

उहाँले सरकार विधिको शासन कामय गर्न अघि बढ्ने बताउनु भयो । उहाँले सरकारले सय दिनमा राखेको लक्ष्य पूरा गरेको पनि बताउनु भयो । उहाँले विपक्षले उठाएका आवाजहरु तर्कसंगत नरहेको जिकिर गर्नुभयो । 


उहाँले लोकतान्त्रिक प्रणालीमा विपक्षीले बोल्न पाउने अधिकार रहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here