सबै स्थानीय तहलाई समेटेर योजना नबनाएसम्म जलवायु परिवर्तनको असर न्युनिकरण गर्न सकिँदैनः अध्यक्ष ढुंगाना


१० कार्तिक २०८१, शनिबार १२:०१ मा प्रकाशित


काठमाडौं । नेपाल नगरपालिका महासंघका अध्यक्ष भीमप्रसाद ढुंगानाले स्थानीय तहलाई समेटेर योजनाहरु बनाएमात्रै जलवायु परिवर्तनका मुद्दा सम्बोधन गर्न सकिने बताउनुभएको छ ।


शनिवार काठमाडौंमा कोप—२९ सम्मेलनको पूर्वसन्ध्यामा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनको क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले ७५३ वटै सरकारमा पुग्न नसकेसम्म जतिसुकै राम्रो योजना बनाए पनि जलवायु परिवर्तनका असर न्युनिकरण गर्न नसकिने बताउनु भयो ।

उहाँले जलवायु परिवर्तनको असर सबैभन्दा बढी दूर दराजमा रहनुभएका नागरिकहरुले भोगिरहेको बताउनु भयो । उहाँले लापाको एउटा विषयमात्रै समेटेर सबै स्थानीय तहमा भएका जलवायु परिवर्तनका मुद्दा समेटिन नसकिने गुनासो गर्नुभयो । 


शासकको रुपमा नभइ सेवकको रुपमा नसोचेसम्म जलवायु परिवर्तनलाई न्युनिकरण गर्न अफ्ठ्यारो हुने बताउनु भयो । जलवायु वित्त नेपालले माग्ने नभइ अधिकारको रुपमा ल्याउनुपर्ने बताउनु भयो । उहाँले वातावरणमैत्री स्थानीय सरकार बनाउनुपर्ने बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here