काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले जलवायु परिवर्तनका कारण उत्पन्न जोखिम र सम्भावित खतराहरुको मूल्यांकन गरी न्युनिकरणको रणनीति तयार पारेर प्रभावकारी कार्यान्वयन गर्ने काममा ढिलाई गर्न नहुने बताउनुभएको छ ।
शुक्रवार संरक्षण समूह नेपालले सैनिक मुख्यालय भद्रकालीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो कुरामा जोड दिनुभएको हो । प्रधानसेनापति सिग्देलले नेपालमा जलवायु परिवर्तनको प्रतिकुल प्रभावका कारण राष्ट्रका समग्र सुरक्षामा असर पार्ने उल्लेख गर्दै त्यसलाई न्युनिकरण गर्ने कार्यमा ढिलाई गर्न नहुने स्पष्ट पार्नुभयो ।
समग्र राष्ट्रिय सुरक्षामा जलवायु परिवर्तनका कारण उत्पन्न हुनसक्ने सम्भावित चुनौतिहरुको समिक्षा गर्नुपर्ने आवश्यक्ता पनि उहाँले औंल्याउनु भयो । प्रधानसेनापति सिग्देलले जलवायु परिवर्तनका कारण नेपालको राष्ट्रिय अर्थतन्त्रमा नै ठूलो जोखिम निम्त्याउन सक्ने उल्लेख गर्दै त्यस्ते अवस्था आउन नदिन सचेत भएर काम गर्नुपर्ने बताउनु भयो ।
प्रधानसेनापति सिग्देलले जलवायु परिवर्तनका कारण नेपालको पर्यटन क्षेत्रमा समेत नकारात्मक असर पर्नेतर्फ पनि ध्यानाकर्षण गराउनु भयो ।