मानेभन्जयाङ फाइनलमा प्रवेश


८ कार्तिक २०८१, बिहीबार १८:२४ मा प्रकाशित

मेचीनगर, कात्तिक ८ । पाहुना टोली मानेभन्जयाङ फुटबल क्लब अन्तर्राष्ट्रिय आमन्त्रण आठौँ रोलिङ च्यालेन्ज कपको फाइनलमा प्रवेश गरेको छ ।

बिहिवार धुलाबारी नुमना माविको खेल मैदानमा भएको अन्तिम सेमिफाइनल खेलमा टाइब्रेकरमा ४/३ गोल अन्तरको जित निकाल्दैे मानेभन्जयाङले फाइनलको यात्रा तय गरेको हो ।

निर्धारित समयमा १÷१ को बराबरीमा खेल सकिएपछि निर्णयका लागि खेललाई सोझै टाइब्रेकरमा लगिएको थियो । जितका लागि मानेभन्जयाङका पियुस श्रेष्ठ, बालकुमार राई, रोमन भुजेल र श्याम मुर्मुले गोल गरेका थिए । अर्का खेलाडी रोमन भुजेलको प्रहार गोलरक्षकले बचाए ।

यता रेडहर्सका तर्फबाट आयुष तिम्सिना, विवेक मगर र सन्तोष कार्कीले गोल गरेका थिए भने सन्जय श्रेष्ठ र विवेक सुनामको प्रहार पोष्टको दिशा दिन नसकेपछि फाइनल पुग्ने सपना अधुरो रहको थियो ।

यता निर्धारित समयमा खेलको २१ औँ मिनेटमा मानेभन्जयाङका पियुस कार्कीले गोल गर्दै खेलमा अग्रता बनाए । खेलको २८ औँ मिनेटमा रेडहर्स इलामका तर्फबाट विदेशी खेलाडी अजय मार्टिनले गोल गर्दै खेलको नतिजालाई १ / १ को बराबरीमा पुरयाए । राष्ट्रिय खेलाडी नवयुग श्रेष्ठको क्रसलाई सदुपयोग गर्दै मार्टिनले विपक्षीको जाली चुमाएका थिए ।

पहिलो हाफमा १÷१ को बराबरीमा खेल सकिएको थियो । दोस्रो हाफमा मानेभन्जायङले पाएको थुप्रै अवसरहरु गोलमा परिणत हुन सकेन तर टाइब्रेकरमा पुगेर आफ्नो भाग्यलाई सहि सावित गराए ।

खेलको प्लेयर अफ द म्याच मानेभन्जयाङका पियुस ठकुरी घोषित भए । उनले नगद पाँच हजार र ट्रफी पाए । उनलाई एन्फाका पूर्व केन्द्रीय सदस्य महेन्द्र लिम्बू, मेचीनगर १ का वडा अध्यक्ष रामकुमार राई, खेलप्रेमी सन्जय शर्मा, क्लबका अध्यक्ष नोभेम्बर विक्रम नेम्बाङलगायतले नगद तथा ट्रफी प्रदान गरे । साथै राष्ट्रिय खेलाडी नवयुग श्रेष्ठलाई सम्मान गरिएको थियो ।

शनिवार हुने फाइनल खेलमा आयोजक रोलिङ क्लब र मानेभन्ज्याङ फुटबल क्लब दार्जेलिङबिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल खेल कात्तिक १० गते हुनेछ । प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेताले नगद एक लाख ५० हजार, ट्रफी र मेडल पाउने अध्यक्ष नोबेम्बर नेम्वाङले बताए ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ पाउँदा विधागत पुरस्कार नगद १५ हजार रुपैयाँ पाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here