रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति


८ कार्तिक २०८१, बिहीबार १४:५७ मा प्रकाशित

पोखरा । कास्की जिल्ला अदालतले रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले बिहीबार म्याद थप गरेको हो । कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई सोहीदिन राति जिल्ला प्रहरी कार्यालय कास्की पुर्याइएको थियो ।

कात्तिक ४ गते जिल्ला प्रहरी कार्यालय कास्कीले लामिछानेलाई अदालतमा पेश गरिएको थियो । अदालतले पहिलो प६ शुक्रबारबाटै लागू हुनेगरी ६ दिनको म्याद थपेको थियो ।
बयान गराउन भन्दै थपिएको सो म्याद बिहीबार सकिए पछी उनलाई आज अदालत पेश गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here