झापाको केर्खामा रात्रिबसले इलेक्ट्रिक साइकललाई ठक्कर दिँदा हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु, स्थिती तनावग्रस्त


७ कार्तिक २०८१, बुधबार १९:३९ मा प्रकाशित

झापा । झापाको केर्खामा रात्रिबसले इलेक्ट्रिक साइकललाई ठक्कर दिँदा हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको छ ।

दुईजनाको मृत्यु पश्चात् घटनास्थल तनावग्रस्त बनेको छ । आक्रोशित स्थानीयले बसका चालकलाई नल्याउजेलसम्म सडकबाट शव उठाउन नदिने अडानमा छ । उनीहरूले राजमार्ग समेत अवरुद्ध पारेका छन् ।

पूर्वबाट काठमाडौँतर्फ जाँदै गरेको रात्रिबसले बुधबार साँझ कमल गाउँपालिका– ३ स्थित केर्खामा इलेक्ट्रिक साइकललाई ठक्कर दिँदा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरूको नाम र थर भने खुलेको छैन ।

भीडले ठक्कर दिने बसलाई तोडफोड गरिएको छ भने प्रहरी चौकी केर्खामा राखिएको त्यस बसलाई आगजनी गर्ने प्रयास गरिएको बताइएको छ । आक्रोशितहरूले प्रहरी चौकी केर्खामा ढुंगामुढा समेत गरिरहेका छन् । अहिले घटनास्थलमा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । राजमार्ग अवरुद्ध हुँदा सवारीसाधनको लामबद्ध लाइन लागेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here