इजरायली कारबाहीमा १८ प्यालेस्टाइनीको मृत्यु


७ कार्तिक २०८१, बुधबार ११:११ मा प्रकाशित


प्यालेस्टिनी स्रोतकाअनुसार इजरायलले उत्तरी गाजा पट्टीमा इजरायली आक्रमणबाट मङ्गलवार १८ जनाको मृत्यु भएको छ ।

प्यालेस्टाइनी चिकित्सकहरूले इजरायली युद्धक विमानले उत्तरी गाजा पट्टीको बेट हानौनमा रहेको आश्रयस्थललाई निशाना बनाउँदा तीन प्यालेस्टाइनीको मृत्यु भएको र दर्जनौं घाइते भएका बताए ।

बेइट लाहिया क्षेत्रमा दुई इजरायली बम विष्फोटमा थप १५ जनाको मृत्यु भएको चिकित्सा स्रोतहरूले बताएका छन् । स्थानीय सुरक्षा स्रोत र प्रत्यक्षदर्शीहरूले इजरायली सेनाले बेइट लाहियामा धेरै घरहरू ध्वस्त पारेको छ भने जबलिया र बेट लाहियामा सयौं प्यालेस्टिनी परिवारहरूलाई घेराबन्दी जारी राखेको छ ।

बेत लाहियालाई तोपखाना र विमानहरूद्वारा आक्रमण गरेको छ । अक्टोबरको शुरुदेखि इजरायली सेनाले जबलिया शरणार्थी शिविरमा भूमिगत सैन्य अभियान चलाउँदै आएको छ । जसमा सयौंको मृत्यु भएको छ । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here