वर्षैपिच्छे आउने बाढीलाई बेवास्ता गर्दा बढी क्षति व्यहोर्नुपर्याे : प्रमुख महर्जन


५ कार्तिक २०८१, सोमबार १६:५० मा प्रकाशित

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बाढी आउँछ भन्ने पूर्वसूचनापछि पनि लापरवाही गर्दा बढी क्षति व्यहोर्नुपरेको बताउनुभएको छ ।


सोमवार ललितपुरमा आयोजित गत असोज ११ र १२ गते आएको बाढीका कारण नदी किनारमा थुप्रिएको फोहोरमैला सरसफाई सम्बन्धी तयारी बैठकमा बोल्दै बोल्दै उहाँले मेट्रोलोजिकल डिपार्टमेण्टले बाढी आउँदैछ भन्ने पूर्वसूचना दिएपछि लापरवाही गर्दा बढी क्षति भएको बताउनुभएको हो ।

उहाँले असोज ११ र १२ गते आएको अविरल वर्षा र त्यसपछिको बाढीका कारण ललितपुरमा ठूलो जनधनको क्षति भएको बताउनु भयो । पूर्वानुमानअनुसार सूचना प्रवाह गरेको भएपनि त्यसलाई सजगतापूर्वक नलिइएकाले बढी क्षति भएको उहाँको भनाइ छ ।

उहाँले भूकम्प आउँछ भनेर सावधानी अपनाउने तर वर्षैपिच्छे आउने बाढीमा सावधानी नअपनाउँदा बढी क्षति व्यहोर्नुपरेको बताउनु भयो । मेयर महर्जनले २०३८ सालको असोज १३ गतेपछि ललितपुरमा हालसम्मकै ठूलो बाढी आएको बताउनु भयो ।

बाढीले थुपारेको फोहोर सरसफाईमा वडाहरुले चासो नदिएको भन्दै सरसफाईमा जोड दिन आग्रह गर्नुभयो ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here