अब ढुवानीका लागि सवारीसाधन चाहिए एपबाटै बुक गर्न मिल्ने


१९ आश्विन २०८१, शनिबार १६:०९ मा प्रकाशित


काठमाडौं ।
ढुवानी सवारी साधनको विस्तृत जानकारी राख्नका लागि लोडबोड एप सञ्चालनमा आएको छ । लोडबोड कम्पनीले एक कार्यक्रमबीच एपको शुभारम्भ गरेको हो । ढुवानी व्यवस्थापनका लागि कम्पनीले एप निर्माण गरेको कम्पनीका अध्यक्ष श्रीमन कार्कीले बताउनु भयो ।

कम्पनीले दुई वर्षको मेहनतबाट निर्माण गरेको र शुक्रवारदेखि एपको सफ्ट लन्च गरेको उहाँले जानकारी दिनुभयो । एपबाट व्यवसायी, मालवाहक सवारीसाधन धनी, चालक, सहचालक तथा सरकारले समेत लाभ लिनसक्ने उहाँको भनाइ छ । ढुवानी व्यवसायीलाई व्यवस्थित, पारदर्शी र सुरक्षित बनाउनका लागि एप निर्माण गरेको बताउनु भयो ।

 एप्लिकेसनबाट ढुवानी व्यवसायसँग आवद्ध व्यक्ति तथा निकायले सबै खालका सूचना प्राप्त गर्नेछन् । एपले मालवाहक सवारी साधनले बहन गरेको लोडको पनि रेकर्ड राख्ने उहाँले बताउनु भयो ।

त्यस्तै कम्पनीकी कर्मचारी रोशनी श्रेष्ठले कम्पनीले सरकारले स्थापना गरेको १८ वटा तौल पुलमा एपको कनेक्शन जडान गरेको जानकारी दिनुभयो । एपले सवारी साधनको तत्कालको लोकेशन पता लगाउने, सवारी साधनको ब्लु बुक, इन्स्योरेन्स, रुट पर्मिटको अवधि सकिएको पनि नोटिफिकेसन पनि दिने बताउनु भयो ।

जसका कारण सवारी साधन अतिरिक्त जरिवानाबाट बच्न सक्ने उहाँको भनाइ छ । सवारी साधनले कुनै चेक पोइन्ट छलेको छ भने पनि त्यसको नोटिफिकेसन दिनेछ ।  ट्रिप डिटेल र सवारी साधनको तत्कालको अवस्थाको बारेमा जानकारी दिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here