नेपालले भारत र चीनसँगको सम्बन्धलाई समान रुपमा अघि बढाउनुपर्छः नारायणकाजी श्रेष्ठ


१९ आश्विन २०८१, शनिबार १५:४१ मा प्रकाशित



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालले भारत र चीन दुवै छिमेकी मुलुकसँगको सम्बन्धलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताउनुभएको छ ।


उहाँले मुलुकको आर्थिक समृद्धिको कार्यभारलाई पूरा गर्न पनि सरकारले भारत र चीन दुवै मुलुकसँगको सम्बन्धलाई समानतामा आधारित भएर प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताउनु भएको हो ।

शनिवार काठमाडौंमा आयोजित नेपाल–भेनेजुयलामैत्री संघ घोषणा कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले नेपालले जहिले पनि राष्ट्रिय हितलाई केन्द्रमा राखेर अन्य देशसँगको सम्बन्धलाई अघि बढाउनुपर्ने पनि स्पष्ट पार्नुभयो ।

उहाँले विश्व राजनीतिक एशिया केन्द्रित भइरहेकाले नेपालले पनि भूराजनीतिक संवेदनशीलतालाई बुझेर परराष्ट्र सम्बन्धलाई अघि बढाउनुपर्ने बताउनु भयो । देशको राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर अगाडि बढ्ने र सबैसँग मैत्रीपूर्ण सम्बन्ध राख्ने नीतिलाई नेपालले अघि बढाउनुपर्ने वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बताउनु भयो । 


वरिष्ठ उपाध्यक्ष श्रेष्ठले स्वतन्त्र परराष्ट्र नीति नेपालले अवम्बन गर्दै आएको र त्यसमा कतिपनि विचलित हुन नहुने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here