विपद्मा परी घाइते भएकालाई उपचारबाट वञ्चित हुन दिँदैनौँः स्वास्थ्यमन्त्री पौडेल


१७ आश्विन २०८१, बिहीबार १६:१६ मा प्रकाशित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विपद्मा परी घाइते भएकाहरुलाई सरकारले निःशुल्क उपचार गरिरहेको बताउनुभएको छ ।


बिहीवार राष्ट्रिय ट्रमा सेन्टरमा मनसुनजन्य विपद् बाट घाइते हुनुभएका उपचाररत बिरामीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पुग्नुभएका उहाँले सो कुरा बताउनुभएको हो । उहाँले उपचार आवश्यक भएका सबै नागरिकहरुलाई स्वास्थ्य मन्त्रलयले निःशुल्क उपचार उपलब्ध गराइरहेको बताउनु भयो ।

उहाँले सरकारी अस्पतालहरुमा विपद् बाट घाइते भएका बिरामीहरुको निःशुल्क उपचार जारी रहेको र विपद् बाट घाइते भइ उपचार नपाएका नागरिकहरुले पनि सरकारी अस्पतालमा पुगेर उपचार गराउन सक्ने बताउनु भयो ।

उहाँले कतिपय नागरिकहरुलाई सरकारले निःशुल्क उपचार गराएको बारेमा जानकारी नहुनसक्ने भन्दै सञ्चारमाध्यमले सूचना संप्रेषणा गरिदिन आग्रह गर्नुभयो । उहाँले विपद्बाट भएका जस्तोसुकै जटिल समस्याको पनि उपचार सरकारले निःशुल्क गर्ने बताउनु भयो । उहाँले घाइतेलाई उपचारबाट वञ्चित हुन नदिने प्रतिवद्धता जनाउनु भयो । 

मन्त्री पौडेलले विपद् कुनैपनि बेला आउनसक्ने भन्दै जनचेतना अभिवृद्धि गर्न जरुरी रहेको बताउनु भयो । प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्ने काम भइरहेको बताउनु भयो । उहाँले तीन तहकै सरकारसँग समन्वय गरी विभिन्न कार्यक्रमहरु अघि बढाइएको जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here