नेपाल–भारतमैत्री संघद्वारा बल्खु बाढी पीडितका लागि दश लाख रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण


१७ आश्विन २०८१, बिहीबार १२:१९ मा प्रकाशित

काठमाडौं । नेपाल–भारतमैत्री संघले बल्खुका बाढी पीडितका लागि दश लाख रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको छ ।


बिहीवार एक कार्यक्रमको आयोजना गरी नेपाल–भारतमैत्री संघले बल्खुका बाढी पीडिहरुका नेपाल चिकित्सक संघमार्फत दश लाख रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको हो ।

बाढीले बल्खु क्षेत्रमा धेरै क्षति पुगेको अवस्थामा चिकित्सक संघको आग्रह बमोजिम नेपाल–भारतमैत्री संघले सो राहत सामग्री हस्तान्तरण गरेको अध्यक्ष जानुका कार्की गिरीले बताउनु भयो । राहत सामग्रीमा खाद्यान्न, औषधि, ब्याङ्क्वेट, कम्बलहरु लगायत बहुउपयोगि सामग्रीहरु रहेको उहाँले बताउनु भयो । उहाँले वास्तविक पीडितलाई राहत उपलब्ध गराउन पनि आग्रह गर्नुभयो । 


कार्यक्रममा बोल्दै नेपाल चिकित्सक संघको अध्यक्ष डा. अनिल कार्कीले आफूहरुले बल्खु क्षेत्रमा गएर स्वास्थ्य सेवा सँगसँगै राहत वितरण गर्ने बताउनु भयो । उहाँले बल्खुमा दुई दिन भित्रमा मेडिकल क्याम्पसहित आफूहरु जाने र राहत वितरण गर्ने बताउनु भयो । 

उहाँले विपद्को बेलामा आगामी दिनमा पनि नेपाल–भारतमैत्री संघले यस्तै सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here