नेपालबाट बङ्गलादेशमा ४० मेगावाट बिजुली निर्यात गर्ने सम्झौतामा हस्ताक्षर


१७ आश्विन २०८१, बिहीबार १८:४५ मा प्रकाशित

काठमाडौं । बंगलादेश विद्युत निर्यातको लागि त्रिपक्षीय ऊर्जा विक्री सम्झौता (पीएसए) भएको छ ।


बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय विद्युत विक्री सम्झौता भएको हो । उक्त सम्झौतासँगै नेपालबाट तेस्रो मुलुकमा औपचारिक रुपमा विद्युत निर्यात गर्ने बाटो खुलेको हो ।

बंगलादेश विद्युत निर्यातको लागि त्रिपक्षीय ऊर्जा विक्री सम्झौतामा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बंगलादेश पावर डेभपलमेण्ट बोर्ड (बीपीडीबी) का अध्यक्ष मो. रेजुल करिम र भारतको एनटीपीसी विद्युत व्यापार निगम (एनभीभएन)की सीईओ रेनु नारंगले हस्ताक्षर गर्नुभएको छ । सम्झौता भएसँगै नेपालले पहिलो चरणमा बंलादेशलाई ४० मेगावाट विद्युत निर्यात गर्ने भएको छ ।

नेपालले विगत तीन वर्षदेखि भारतमा विद्युत निर्यात गर्दै आएको छ । बंलादेशमा विद्युत निर्यातको लागि भारतका प्रशारण लाइन हुँदै लैजानुपर्ने भएकाले त्रिपक्षीय सम्झौता भएको हो । सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै विद्युत प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङले त्रिपक्षीय विद्युत व्यापार सम्झौता दक्षिण एशियाको ऊर्जा सहकार्यमा कोशेढुंगा भएको दाबी गर्नुभयो ।

उहाँले सम्झौतासँगै ऊर्जा क्षेत्रमो सबरिजनल र रिजनल सहकार्यको ढोका खोल्ने बताउनु भयो । उहाँले  बंलादेशमा प्रतियुनिट करिव ८ रुपैयाँ ६४ पैसा प्रतियुनिटका दरले बंगलादेशको बीपीडीबीलाई विद्युत निर्यात गर्ने बताउनु भयो । 


नेपालले बंगलादेश विद्युत निर्यात गर्दा भारतको एनभीभीएनको प्रशारण लाइन प्रयोग गरेबापतको ‘ह्विलिङ चार्ज’ बंगलादेशले तिर्ने उल्लेख छ । सम्झौता कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र बंगलादेशकी वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसन र नेपालका लागि भारतका राजदुत नवीन श्रीवास्तकवको उपस्थिति रहेको थियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here