पूर्वका चार जिल्लामा भारी वर्षाकाे सम्भावना


१७ आश्विन २०८१, बिहीबार १०:०९ मा प्रकाशित

काठमाडौं । पछिल्लो ६ घण्टामा इलाम, झापा, मोरङ, सुनसरी क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको छ । यसैगरी बागमती प्रदेशका काठमाडौं, ललितपुर, सिन्धुपाल्चोक आसपासका क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

यी क्षेत्रका नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ । कोशी, नारायणी, कमला, बाग्मती, पूर्वी राप्ती र यसका सहायक नदीहरूमा आज र भोलि जलसतह उल्लेख्य बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले यी नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । 

यसैगरी आज पाँचथर, तेह्रथुम, इलाम, झापा, मोरङ, सुनसरी, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलान्चोक र आसपासका जिल्ला भई बहने स-साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here