सर्लाहीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


११ आश्विन २०८१, शुक्रबार २०:४७ मा प्रकाशित

सर्लाही । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवनमा आज दिउँसो टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । हरिवन नगरपालिका–११, बासाटोलस्थित चिनीमिल अगाडि भएको दुर्घटनामा मोटरसाइकल चालक हरिवन–७, घर भएका ४२ वर्षीय दीपक अधिकारीको मृत्यु भएको हो ।

बागमती प्रदेश ०२–०३७ प ४४०१ नम्वरको मोटरसाइकलमा सवार अधिकारीलाई आज दिउँसो ३ बजेतिर हरिवनबाट नवलपुरतर्फ आइरहेको प्रदेश २–०३–००१ क ११३७ नम्वरको टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ । अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

उहाँ सवार मोटरसाइकल क्षतिग्रस्त छ । मोटरसाइकललाई ठक्कर दिने टिपर र त्यसका चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । मृतकको शव नमूना अस्पताल हरिवनमा राखिएको थियोे । मृतकको परिवारसँग समन्वय गरी मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाईएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here