झापा । व्यवसायीलाई बन्धक बनाउदै ४० लाख रुपैँया असुल गर्न खोज्ने गिरोहका चारजनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
युवतीको माध्यमद्वारा विर्तामोडका एकजना व्यवसायीलाई बन्धक बनाएर रकम असुल गर्न खोज्ने एक युवती सहित चारजनालाई विर्तामोड प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । झापाको चारआलीबाट बिर्तामोड नगरपालिका–४ घर भएका मेराज खान, सोही स्थानका प्रकाश दास र भारत पश्चिम बङ्गालको दार्जेलिङ थाना खोरिबारी घर भएका सञ्जु क्षेत्री भन्ने सुजन शंकरलाई पक्राउ गरेको छ । साथै इलामको फाकफोकथुम गाउँपालिका–१ घर भई बिर्तामोड नगरपालिका–२ चारपाने बस्ने रितु फियाक लिम्बुलाई बिर्तामोडबाट पक्राउ गरेको प्रहरले जनाएको छ ।
प्रहरीका अनुसार बिर्तामोड नगरपालिका वडा नम्बर–४ मा व्यवसाय गर्दै आएका एक व्यवसायिलाई अपरिचित जया खान नाम बताउने केटिले असार २८ गते देखि लगातार ईमो, मोबाईल फोनबाट कुरा गर्दै आएकी थिइन् । फोन, ईमोमा कुरा निकै बढिसकेपश्चात जया खानले साउन १ गते बेलुकीको समयमा बिर्तामोड भद्रपुर रोड स्थित कुमारी वैंकको छेउमा भेट्न बोलाई नजिकै साथीको कोठा भएको हुनाले त्यसतर्फ जाने प्रस्ताव राखिन् ।
व्यवसायीले पनि त्यो प्रस्ताव स्वीकार गरी बेलुका ८ बजे उनीहरु ढोकामा चुक्कुल लगाएर बसेका थिए । यत्तिकैमा ढोकामा अपरिचित मान्छे आई ढोका ढकढक्याए र हतियार देखाई उनीहरुलाई नियन्त्रणमा लिए । नियन्त्रणमा लिई कुटपिट समेत गरी निजलाई नाङ्गै भएको भिडियो बनाई सामाजिक सञ्जालमा भाईरल बनाईदिने धम्कि दिईएका थिए । साउन ५ गते सम्म ४० लाख फिरौती मागी सो फिरौति नदिए मारी दिने धम्कि दिएर पिडतका साथि मेराज खानको रोहबरमा मुक्त गरीदिएका थिए । त्यसै दिनबाट विभिन्न नम्बरबाट फोन आउने, पैसा नदिए ज्यान मार्ने धम्कि दिएकाले पिडितले साउन ३ गते प्रहरीमा उजुरी दिए पश्चात साउन ५ गते चारालिबाट पक्राउ गरी झापा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अन्य अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।
प्रहरीले उनीहरुबाट बा.१५ च ७३३९ नम्बरको कार, स्कुफ लेखिएको १०० मिलिमिटरको शिलप्याक बोतल ३ थान, प्रोप्रानोल लेखिएको १ पत्तामा १५ चक्की र निट्रोसन १० लेखिएको १ पत्तामा ४ चक्की खाली भई ६ चक्की रहेको औषधी, प्लाष्टिकको नक्कली पेस्तोल बरामद गरेको छ । पक्राउ परेकामाथि शरिर बन्धक बनाइ लाभ लिन खोजिएको आरोपमा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
संगठित अपराध गर्नका लागि विर्तामोड स्थित भद्रपुर रोड कुमारी वैंक पश्चिम पट्टिको गल्ली भित्र एउटा घरको चारतल्लामा फ्ल्याट लिई अपराधिक क्रियाकलाप गर्दै आइरहेको प्रहरीको भनाई छ । त्यस्तै प्रहरीले नाबालिकाहरुलाई वेश्यावृतीमा लगाएको आरोपमा विर्तामोड स्थित हिकोला रोडमा रहेको मनशान्त होटलबाट ३ जना अभियुक्तलाई पक्राउ गरेको छ । सुन्सरी घर भई हाल बिर्तामोड प्रतिक्षा होटलमा काम गर्दै अएका २० वर्षिया अभिषेक तामाङ, मनशान्त होटल सञ्चलक किरण तामाङ, विर्तामोड–१ बस्ने २१ वर्षका नबिन विश्वकर्मालाई पक्राउ गरी पुर्पक्षको लागी जेल चलान गरेको छ । बुद्धशान्ति गाउँपालिकाका २५ वर्षिया बिमल गहतराज र सोहि ठाउँका ४० वर्षिया निश्चल विश्वकर्मा भनिने राम पोर्तेल फरार रहेको प्रहरीको भनाई छ ।





