हुथीद्वारा मिसाइल आक्रमणपछि बदला लिने इजरायली प्रधानमन्त्रीको चेतावनी


३१ भाद्र २०८१, सोमबार १२:०६ मा प्रकाशित


काठमाडौं ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आईतवार यमनको हुथी सेनाले मध्य इजरायलमा क्षेप्यास्त्र प्रहार गरेपछि इजरायलले जवाफ दिने चेतावनी दिनुभएको छ । हुथीहरुले प्रहार गरेको क्षेप्यास्त्रको आफूहरुले जवाफ दिने प्रतिवद्धता जनाउनुभएको हो ।

आफूमाथि आक्रमण गर्नेहरु नउम्किने उहाँको भनाइ छ ।  हुथी सेनाले मिसाइल आक्रमणको जिम्मेवारी लिएको छ । दक्षिणी तेल अवीवको जाफाको क्षेत्रलाई लक्षित गरी हाइपरसोनिक मिसाइल प्रहार गरेका थिए ।

जुलाईमा हुथी ड्रोन आक्रमणमा तेल अवीवमा एक व्यक्तिको मृत्यु भएपछि यमनबाट मिसाइल दोस्रो पटक मध्य इजरायलमा पुगेको छ । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here