दशैँअघि युवा नीति घोषणा गर्दैछौँः मन्त्री चौधरी


२९ भाद्र २०८१, शनिबार १५:१५ मा प्रकाशित

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णाली प्रदेशमा हुन लागेको दशौँ राष्ट्रिय खेलकुदका लागि भौतिक पूर्वाधार निर्माण दशैँअघिसम्म सकिसक्ने बताउनुभएको छ ।


शनिवार काठमाडौंमा एक कार्यक्रमबीच उहाँले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । उहाँले शौँ राष्ट्रिय खेलकुदका सुसम्पन्न गर्न उत्साहका साथ सरकारले ६० करोड रुपैयाँ बजेट छुट्याएको बताउनु भयो ।

उहाँले अबको केही दिनदेखि नै दशौं राष्ट्रिय खेलकुदको गतिविधि व्यापक रुपमा शुरुवात हुने दाबी गर्नुभयो । उहाँले सबैभन्दा ठूलो चुनौतिको रुपमा ६ हजार खेलाडीहरुको लागि बस्ने र खाने होटलको व्यवस्थापन रहेको बताउनु भयो । उहाँले उक्त व्यवस्थापन केही जटिल देखिए पनि सरकारले गम्भीरताका साथ काम गरिरहेको बताउनु भयो । उहाँले दशैँअघि नै युवा नीति घोषणा गर्ने बताउनु भयो । 


मन्त्री चौधरीले अहिले सरकारलाई खेलाडीलाई रोजगारी, स्वास्थ्य, शिक्षाको ग्यारेन्टी गर्नुपर्ने चुनौति रहेको बताउनु भयो । उहाँले त्यसका लागि मन्त्रालयले पहल अघि बढाइरहेको बताउनु भयो । उहाँले युवाहरु विदेश पलायन हुनु पनि अहिलेको मुख्य समस्या रहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here